मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले देखाए कालो झन्डा
बुटवल, वैशाख ११ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सुरुमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दुई घण्टाकै अन्तरालमा ‘यु टर्न’ गरेर मन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै...
बुटवल, वैशाख ११ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सुरुमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दुई घण्टाकै अन्तरालमा ‘यु टर्न’ गरेर मन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै शनिबार पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालो झन्डा देखाएका छन्।
उनी लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्री छन्। उनी जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्।
रुपन्देहीको मर्चवारमा आयोजित एक कार्यक्रममा जाने क्रममा उनलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जसपाका नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएका हुन्।
जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद् सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायतले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए।
त्यसक्रममा प्रहरीले बल प्रयोग गरेर मन्त्री पाण्डेलाई गन्तव्यसम्म पुर्याएको थियो।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


