Kathmandu Press

थपिए २६१८ कोरोना संक्रमित, १४ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको ज्यान गएको छ। योसँगै देशभरिमा कोरोना स.क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ।
थपिए २६१८ कोरोना संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : पछिल्लो २४ घन्टामा देशभरि २ हजार ६ सय १८ कोरोना संक्रमित थपिएका छन्।

त्यही अवधिमा ८ हजार ६ सय ६८ जनामध्ये ७ हजार ५ सय २५ पीसीआर र १ हजार ४ सय ३० एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थपिएका समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको ज्यान गएको छ। योसँगै देशभरिमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभर ३ सय ६८ जना कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ।

हाल देशभर आइसोलेनमा रहेका संक्रमितको संख्या १६ हजार ८ सय २८ रहेको छ।

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्