Kathmandu Press

नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य 

काठमाडौं, वैशाख ११ : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। यो नेपालले टी–२० क्रिकेटमा  बनाएको अहिलेसम्मको धेरै...
नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य 

काठमाडौं, वैशाख ११ : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। यो नेपालले टी–२० क्रिकेटमा  बनाएको अहिलेसम्मको धेरै रन हो । 

त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दुई खेलाडीको अर्धशतक मद्दतमा २३८ रन बनाएको हो ।

नेपालका कुशल भुर्तेलले ७७ रन बनाए । यस्तै कुशल मल्ल ५० तथा दिपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउने क्रममा मल्लले २४ बलमा ५० रन पूरा गरे । आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले ५ छक्का र २ चौकासहित ५० रन बनाए ।

उनले नेपालका लागि दोश्रो छिटो अर्धशतक बनाएका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २१ बलमा मलेशियासँग अर्धशतक बनाएका थिए ।

कुशल भुर्तेलले ७७ रन बनाउने क्रममा ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । उनले यो प्रतियोगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाए । उनले यहि प्रतियोगितामा डेब्यु गरेका हुन् ।

१७ बर्षिय कुशलले यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ सेखले १६ रनको योगदान गरे । ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्