Kathmandu Press

दिल्लीमा अक्सिजन आपूर्तिमा बाधा पुर्याउनेलाई फाँसी दिन आदेश

नयाँ दिल्ली, वैशाख ११ : दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्नेलाई फाँसीको आदेश दिएको छ।महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनकाे सुनुवाइ...
दिल्लीमा अक्सिजन आपूर्तिमा बाधा पुर्याउनेलाई फाँसी दिन आदेश

नयाँ दिल्ली, वैशाख ११ : दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्नेलाई फाँसीको आदेश दिएको छ।

महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनकाे सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको इजलासले उक्त आदेश दिएको हो।

कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिएको हो।

हाईकोर्टले अक्सिजनको आपूर्तिमा अवरोध गर्नेको जानकारी दिन पनि दिल्ली सरकारलाई आदेश दिएको छ। त्यस्ता व्यक्ति केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारी भए पनि छुट नदिने, बरु झुन्ड्याइदिने हाइकोर्टले फैसला गरेको हो।

भारतका अन्य राज्यसँगै नयाँ दिल्लीमा पनि पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त बनेको छ।

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्