Kathmandu Press

ब्राजिलमा कोराेनाबाट एकै दिन करिब ३ हजारको मृत्यु

साओ पाओलो, वैशाख ११ : ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले...
ब्राजिलमा कोराेनाबाट एकै दिन करिब ३ हजारको मृत्यु

साओ पाओलो, वैशाख ११ : ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो। 

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ। त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४२ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन्। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र ९२ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब २९ लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन्।

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, वैशाख ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्