Kathmandu Press

भारतमा एकैदिन साढे तीन लाख संक्रमित

नयाँ दिल्ली, वैशाख ११ : भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा...
भारतमा एकैदिन साढे तीन लाख संक्रमित

नयाँ दिल्ली, वैशाख ११ : भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन्।

यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन्। 

Hardik ivf

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ।

कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ। 

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन्। ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ। 
 

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, वैशाख ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्