कोरोना संक्रमित पूर्वराजदम्पती अस्पताल भर्ना
काठमाडौं, वैशाख ११ : कोरोना संक्रमण भई निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन्।स्वास्थ्यमा...
काठमाडौं, वैशाख ११ : कोरोना संक्रमण भई निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन्।
उनीहरुसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि अस्पताल भर्ना भएका छन्। तीनैजनाको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि शाह दम्पती आज (शनिबार) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।
शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए। त्यहाँबाट फर्किएपछि उनीहरूले कोरोना परीक्षण गराएका थिए।
प्रकाशित मिति: १३:५७ बजे, शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


