कांग्रेसले सोमबारका लागि डाक्याे केन्द्रीय समिति बैठक
काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बस्ने बताइएको छ।बैठकमा समसामयिक राजनीतिक...
काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसले वैशाख १३ गते सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बस्ने बताइएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण गरिनुका साथै १४औं महाधिवेशनबारे छलफल हुनेछ। साथै प्रादेशिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १३:४१ बजे, शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


