धरहरा ढल्दा मृत्यु भएकाका परिवारलाई रोजगारी दिने घाेषणा
काठमाडौं, वैशाख ११ : २०७२ वैशाख १२ गते धरहरा ढल्दा मृत्यु भएकाका परिवारका कम्तीमा एक सदस्यलाई रोजगारी मिल्ने भएको छ।शनिबार नवनिर्मित धरहराको उद्घाटनपछि...
काठमाडौं, वैशाख ११ : २०७२ वैशाख १२ गते धरहरा ढल्दा मृत्यु भएकाका परिवारका कम्तीमा एक सदस्यलाई रोजगारी मिल्ने भएको छ।
शनिबार नवनिर्मित धरहराको उद्घाटनपछि सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले धरहरा ढल्दा मृत्यु भएकाका परिवारलाई रोजगारी उपलब्ध गराउने घोषणा गरे।
धरहरावरिपरि सिर्जना हुने रोजगारीका अवसरमा धरहरा ढल्दा मृत्यु भएकाका परिवारलाई प्राथमिकता दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन्।
कामको प्रकृति नमिले अन्य स्थानमा भए पनि रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे। अब धरहरा नढल्ने दाबी पनि उनले गरे।
धरहरा पुनर्निर्माण भएको अवसरमा उनले आज साँझ सबे नेपालीलाई घरघरमा दीपावली गर्न पनि आग्रह गरे।
प्रकाशित मिति: १३:२७ बजे, शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


