Kathmandu Press

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ मा सर्वदलीय संयन्त्र

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ मा सर्वदलीय संयन्त्र
Hardik ivf

काठमाडौं, वैशाख ११ : प्रदेश २ सरकारले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा सर्वदलीय संयन्त्र बनाएको छ। त्यसका लागि जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा शनिबार बिहान सर्वदलीय बैठक बसेको थियो।

उक्त संयन्त्रमा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत साह र जनता समाजवादी पार्टी (जसपा) का सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य राम अशिष यादव सदस्य छन्।

मुख्यमन्त्री लालबाबु राउतले बैठकलाई सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी गराए। उनले सरकारको कामलाई थप प्रभावकारी बनाउन थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरिएको बताए।

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्