प्रधानमन्त्रीले गरे धरहरा उद्घाटन
काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्घाटन गरेका...
काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्घाटन गरेका हुन्।
२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको थियो। ६ वर्षपछि यसको पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माण गरिएको धरहरा २२ तलाको छ। यसअघि नौ तलाको रहेको थियो।
धरहरा पुनर्निर्माणमा तीन अर्ब ४८ करोड खर्च भइसकेको छ। अझै केही काम बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
धरहरामा दुई वटा लिफ्ट पनि रहेका छन्। माथि उक्लिनलाई सिँढीको व्यवस्था गरिएको छ।
राष्ट्रिय पुनिर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको निर्माणमा सिमेन्ट, फलामलगायत आधुनिक प्रविधिको प्रयोग गरिएको छ। पहिलेको धरहरा चुना र सुर्कीले बनेको थियो। धरहराको गजुरमा ९८ केजी सुनको जलप लगाइएको प्राधिकरणको भनाइ छ।
धरहरा सर्वसाधारणका लागि भने करिब आठ महिनापछि मात्रै खुला गरिने जानकारी दिइएको छ।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


