मास्क प्रयोगमा लापरबाही (फोटो फिचर)
कोरोना रोक्न सरकारले मास्क प्रयोग अनिवार्य गरेको छ, तर सार्वजनिक स्थल र भीडभाडमा मास्क नलगाई हिँडिरहेका मानिस यत्रतत्र देखिन्छन्।.jpg)
काठमाडौं, वैशाख ११ : कोरोना प्रसार रोक्न सरकारले सार्वजनिक स्थानहरूमा मास्क प्रयोग अनिवार्य गरेको छ। तर, सार्वजनिक स्थल र भीडभाडमा मास्क नलगाई हिँडिरहेका मानिस यत्रतत्र देखिन्छन्।
यसको कारण बजारमा मास्क उपलब्ध नभएर पनि होइन। अधिकांश पसलमा पाँचदेखि १० रुपैयाँसम्म मूल्य पर्ने मास्क बिक्रीमा राखिएको पाइन्छ। तर, त्यही पनि खरिद गरेर लगाउन मानिसले आनाकानी गरिरहेको देख्दा लाग्छ, भाइरस प्रसार तीव्र गतिमा छ।

शुक्रबार मात्र देशभर दुई हजार पाँच ५९ जनामा कोरोना संक्रमण पाइएको छ। तीमध्ये सात सय ६० जना काठमाडौं उपत्यकाका बासिन्दा छन्।
खासगरी, मुखबाट निस्किने बाछिटालाई कोरोना प्रसारका प्रमुख कारण मानिएको छ। तर, मुखमा मास्क लगाउन नागरिकले आनाकानी गर्दा एकअर्कामा तीव्र गतिमा कोरोना सर्ने जोखिम छ।
.jpg)
मास्क प्रयोगकर्ताले पनि अनुहार ढाक्ने गरी लगाएको पाइँदैन। मास्क नलगाई हिँडिरहेकाहरूलाई जरिवाना तिराउने अभ्यास पनि कडाइका साथ भएको पाइँदैन। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्री राख्ने नियम पनि पालना भएको छैन।
कोरोनाका नयाँ भेरियन्ट देखापरिरहेको सन्दर्भमा यस्तो लापरवाही जोखिमपूर्ण रहेको विज्ञहरू बताउँछन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)












-(86)-1764936079.jpg)