Kathmandu Press

आज उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं, वैशाख ११ : त्रिकोणात्मक टी२० शृंखलाको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्न लागेका छन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १ः१५ बजे फाइनल...
आज उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं, वैशाख ११ : त्रिकोणात्मक टी२० शृंखलाको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्न लागेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १ः१५ बजे फाइनल खेल हुनेछ। आजको खेलमा पनि दर्शन हुनेछैनन्।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी त्रिकोणात्मक शृंखलाबाट मलेसिया बाहिरिएको थियो। नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन्।

समूह चरणका चार खेलमा नेपालले तीन जितेको थियो भने एक हारेको थियो। मलेसियासँगका दुवै खेल जितेको थियो भने नेदरल्यान्ड्ससँग एक हार र एक जित बटुलेको थियो।

त्यस्तै, नेदरल्यान्ड्सले पनि समूह चरणका चार खेलमा दुई जितेको छ। नेपाल र मलेसियासँग एक एक खेल जितेको थियो भने मलेसियासँगको एक खेल बराबरीमा टुंगिएको थियो।

आजको खेल जितेमा नेपालले पहिलो पटक घरेलु मैदानमा उपाधि जित्नेछ। यसअघि घरेलु मैदानमा खेलेको थिएन।

 

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्