Kathmandu Press

कोरोनाबाट बाँके र रुपन्देहीमा पाँच जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : कोरोना भाइरसको संक्रमणबाट बाँके र रुपन्देहीमा थप पाँच जनाको मृत्यु भएको छ।कोरोनाको दोस्रो लहरको चपेटामा परेको बाँकेमा संक्रमितको संख्या...
कोरोनाबाट बाँके र रुपन्देहीमा पाँच जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : कोरोना भाइरसको संक्रमणबाट बाँके र रुपन्देहीमा थप पाँच जनाको मृत्यु भएको छ।

कोरोनाको दोस्रो लहरको चपेटामा परेको बाँकेमा संक्रमितको संख्या बढ्दै गएको छ भने गम्भीर बिरामीले आईसीयू भरिएका छन्। जसले गर्दा उपचार नपाएर संक्रमितहरुको मृत्यु हुन थालेको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ। जसमा दुई पुरुष र दुई महिला रहेका छन्।

कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिका–२ की ७५ वर्षीया बृद्धाको शुक्रबार साँझ ६ः१५ बजे मृत्यु भएको हो। यस्तै नेपालगन्ज उपमहानगरपालिका–५ का ८६ वर्षीय बृद्धको पनि शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै, नेपालगन्जको त्रिभुवन चोकका ३५ वर्षीय युवकको गएराति ९ः२३ बजे मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१० की ६१ वर्षीया बृद्धकाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय युवक बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको छ। उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। गम्भीर भएपछि वैशाख ३ गते अस्पताल भर्ना भएका थिए।

उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोनाको मृत्यु हुनेको संख्या एक सय ६६ पुगेको उनले बताए।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्