आज प्रधानमन्त्रीले धरहराको उद्घाटन गर्दै
काठमाडौं, वैशाख ११ : पुनर्निर्माण भएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको...
काठमाडौं, वैशाख ११ : पुनर्निर्माण भएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको थियो। ६ वर्षपछि यसको पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माण गरिएको धरहरा २२ तलाको छ। यसअघि नौ तलाको रहेको थियो।
धरहरा पुनर्निर्माणमा तीन अर्ब ४८ करोड खर्च भइसकेको छ। अझै केही काम बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
धरहरामा दुई वटा लिफ्ट पनि रहेका छन्। माथि उक्लिनलाई सिँढीको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ
प्रकाशित मिति: ०७:३५ बजे, शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


