Kathmandu Press

अन्टार्कटिकाको विशाल हिमशैल महासागरमा विलिन

अन्टार्कटिका महादेशस्थित एक विशाल हिमशैल (आइसबर्ग) पग्लिएर एटलान्टिक महासागरमा विलिन भएको छ। अन्टार्कटिका महादेशको इतिहासको कुरा गर्दा ‘ए–६८’ नाम दिइएको यो हिउँको पहाडको...
अन्टार्कटिकाको विशाल हिमशैल महासागरमा विलिन

अन्टार्कटिका महादेशस्थित एक विशाल हिमशैल (आइसबर्ग) पग्लिएर एटलान्टिक महासागरमा विलिन भएको छ। अन्टार्कटिका महादेशको इतिहासको कुरा गर्दा ‘ए–६८’ नाम दिइएको यो हिउँको पहाडको नाम अग्रपंक्तिमा आउँछ, जसको नामोनिशान बाँकी रहेन अब।

अमेरिकाको डेलावेयर राज्यजत्रै यो हिमशैल पाँच सय आठ सय वर्ग किलोमिटर फराकिलो थियो। समय क्रममा हिउँको यो विशाल पर्वत दक्षिण एटलान्टिकबाट बग्दै दक्षिण जर्जिया टापुतिर गइरहेको थियो। बढ्दो तापमान र समुद्री लहरको प्रहारबाट यो हिमशैल हिउँका भीमकाय टुक्राहरूमा विभक्त हुँदै गयो। ती भीमकाय टुक्रा पनि टुक्रिँदै गएर हिमशैल नै समुद्रमा विलिन भयो।

अमेरिकी नेसनल आइस सेन्टरले गरेको मापनअनुसार यो हिमशैलको लम्बाइ करिब १० नटिकल माइल र क्षेत्रफल करिब २० वर्ग नटिकल थियो। उक्त सेन्टरको तथ्यांकअनुसार हिमशैलको बाँकी रहेको सबैभन्दा ठूलो टुक्रो गत १६ अप्रिलपछि समुद्रमा विलिन भएको छ, जसलाई ‘लार्सन सी’ नाम दिइएको थियो। उक्त टुक्रो पाँच दशमलव पाँच किलोमिटर लामो र तीन दशमलव सात किलो चौडा थियो।

Hardik ivf

‘ए–६८’ आइसबर्गको अध्ययन र सर्वेक्षण सायद अन्टार्कटिकाका अन्य हिमशैलभन्दा बढी भएको थियो। यो आइसबर्ग पहिलोपटक चर्किँदा नै वैज्ञानिकहरूलाई त्यसको कारण जलवायु परिवर्तन हो भन्ने जानकारी थियो। भूवैज्ञानिकहरूले यसको बरफमा परेका धाँजाबाट यसको वरिपरिको पानीमा बढ्दो तापक्रम मापन गरेका थिए।

नोभेम्बर २०२० मा ‘ए–६८’ दक्षिण जर्जिया टापुनजिक ठोक्किन लागेजस्तो देखिएको थियो। बीबीसीका अनुसार त्यसपछि विशालकाय ढिस्कोमाथि शक्तिशाली समुद्री लहरले लगातार धक्का दिए। र, बाहिरको तातो पानी हिमशैलभित्र पस्न थाल्यो। र, ‘ए–६८’ डुब्दै गयो। विस्तारै टुक्रा–टुक्रामा विभक्त भयो अनि ती टुक्रा समुद्रमा फैलिए। ती टुक्राहरू पग्लिँदै गएर हिमशैलको अस्तित्व नै नामेट भयो।

‘हामीले यस हिमशैलका सानाभन्दा साना सबै मोड र परिवर्तन देख्यौँ,’ ब्रिटिस अन्टार्कटिक सर्भेकी म्यापिङ विशेषज्ञ लौरा गेरिसले भनिन्, ‘हामीले यसको दैनिक परिवर्तन नियालिरहेका थियौँ।’

भूवैज्ञानिकहरूले यति ठूलो परिघटना हुँदा त्यस वरिपरिको इकोसिस्टममा के असर पर्छ भन्ने बुझ्ने कोशिस गरिरहेका छन्। र, अन्टार्कटिकाको कठिन मौसमले उनीहरूको अध्ययन अगाडि बढ्न सकेको छैन। सन् २०१८ मा ब्रिटिस अन्टार्कटिक सर्वेको एक टोली समुद्री नमूना संकलन गर्न गएको थियो। तर, विशाल समुद्री बरफका कारण उनीहरूको प्रयास स्थगित भयो।

सन् २०१९ मा गरिएको दोस्रो प्रयास पनि त्यसरी नै प्रभावित भयो। गत फेबु्रअरीमा दक्षिण जर्जिया टापुमा गएको टोलीले अन्ततः आफ्नो अभियानमा सफलता पायो। कत्तिको जाडो छ भन्ने जान्न अनुसन्धानकर्ताले उक्त टापुनजिक दुई मरिन रोबोट तैनाथ गरेका थिए।

त्यसबाट ‘ए–६८’का पग्लिँदै गएका टुक्रामाथि ताजा पानीको प्रहारले स्थानीय इकोसिस्टमलाई असर गरेको पुष्टि भएको थियो। बीबीसीका अनुसार एउटा रोबोट पानीमा एउटा हरायो। अर्को रोबोटको तथ्यांक आगामीमा मेमा प्राप्त गरेर विश्लेषण गरिनेछ।
(साइन्स अलर्ट डट कमबाट)

 

प्रकाशित मिति: ०६:११ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्