सेतो मछिन्द्रनाथ रथयात्राको लगनमा तीन चक्कर (तस्बिरहरु)
बिहीबार लगन पुगेकाे सेता मछिन्द्रनाथ रथयात्राका क्रममा शुक्रबार अमुकपास लोकेश्वरकाे मन्दिरमा तीन चक्कर लगाइएको छ।.jpg)
काठमाडौं, वैशाख १० : सेता मछिन्द्रनाथ रथयात्रा जैसीदेगल पुगेको छ। शुक्रबार रथयात्राका क्रममा लगनमा तीन चक्कर लगाइएको छ।
शुक्रबार लगनस्थित अमुकपास लोकेश्वरको मन्दिरमा तीन चक्कर लगाइएको हो। अब शनिबार उमामहेश्वरको मन्दिर जाने बाटोसम्म रथ तानिनेछ।
त्यसपछि मछिन्द्रनाथलाई रथबाट निकालेर लगन हुँदै ह्युमत, जैसिदेगल, कोहिटी, भीमसेनस्थान, मरुटोल, प्याफल, नरदेवी, किलागल, भेँडासिह, केलटोल हुँदै मन्दिरमा लगिनेछ।
प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार