कोरोनाका गम्भीर बिरामी बढ्दै, राजधानीमै ११७ जना आईसीयू तथा भेन्टिलेटरमा
काठमाडौं, वैशाख १० : कोरोना भाइरसको दोस्रो लहर चलेसँगै गम्भीर बिरामीको संख्या बढ्न थालेको छ। राजधानीमै एक सय १७ जनालाई आईसीयू तथा भेन्टिलेटरमा...
काठमाडौं, वैशाख १० : कोरोना भाइरसको दोस्रो लहर चलेसँगै गम्भीर बिरामीको संख्या बढ्न थालेको छ। राजधानीमै एक सय १७ जनालाई आईसीयू तथा भेन्टिलेटरमा राखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनदेखि गम्भीर संक्रमितको संख्या बढ्न थालेको हो। काठमाडौं उपत्यकाका १२ वटा अस्पतालमा ७७ जना आइसियूमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन्।
बिहीबार उपत्यकामा ५२ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा थिए। आज थप २७ जनामा गम्भीर संक्रमण देखिएको हो।
काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नौ जना आइसियू र १० जना भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा तीन जना आइसियूमा र एक जना भेन्टिलेटर तथा पाटन अस्पतालमा सात जना आइसियूमा र आठ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै, सशस्त्र प्रहरी बल अस्पतालमा १० जना आइसियूमा र सात जना भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा एकजना भेन्टिलेटरमा, वीरेन्द्र अस्पतालमा चार जना आइसियूमा तथा वीर अस्पतालमा चार जना आइसियूमा र चार जना भेन्टिलेटरमा उपचाररत छन्।
यसैगरी सिभिल अस्पतालमा दुई जना आइसियूमा, ग्रान्डी अस्पतालमा नौ जना आइसियूमा र तीन जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसियूमा र एक जना भेन्टिलेटरमा, मेडिसिटी अस्पतालमा २० जना आइसियूमा र पाँच जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर एक सय ७३ जना आइसीयूमा र ५७ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेशअनुसार, सबैभन्दा बढी गम्भीर बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा बागमती प्रदेशमा ७२ जना आइसियूमा र ३९ जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै, प्रदेश १ मा ११ आइसियूमा, गण्डकी प्रदेशमा एक जना आइसियूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६५ जना आइसियूमा र १४ जना भेन्टिलेटरमा रहेका छन्। यस्तै, कर्णालीमा १४ जना आइसियूमा तथा सुदूरपश्चिम प्रदेशमा १० जना आइसियू र तीन जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


