एमाले ओली समूहले गर्यो कार्यविभाजन, कसलाई के जिम्मेवारी? (सूचीसहित)
काठमाडौं, वैशाख १० : एमालेका नेताहरुको कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको...
काठमाडौं, वैशाख १० : एमालेका नेताहरुको कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको हो।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पार्टी स्कुल विभागको जिम्मेवारी आफैंसँग राखेका छन्। महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय इन्चार्ज तथा उपत्यका विशेष कमिटीको जिम्मेवारी दिइएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई विदेश विभाग प्रमुख बनाइएको छ। महान्यायाधीवक्ताबाट राजीनामा दिएका अग्नि खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ लाई वाग्मती प्रदेश इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रबाटै एमालेमा आएका लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जका साथै उद्योग तथा वाणिज्य विभागको इन्चार्ज बनाइएको छ । त्यस्तै मणि थापालाई लुम्बिनी प्रदेशको सह इन्चार्ज बनाइएको छ।
२ सय ६५ सदस्यीय महाधिवेशन आयोजक कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खानालसमूहका नेताहरूलाई भने कुनै जिम्मेवारी दिइएको छैन।
हेर्नुहोस् जिम्मेवारी बाँडफाँडको सूची








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


