आगामी फागुनभित्रै स्थानीय तहकाे चुनाव हुन्छ : ओली
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले...
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले स्थानीय तहको चुनाव हुने विश्वास दिलाउँदै त्यसको तयारीमा लाग्न मातहतका सबै कमिटीलाई निर्देशनसमेत दिएको बैठकमा सहभागी एक नेताले बताए।
यसअघि ओलीले स्थानीय निर्वाचनका बारेमा केही पनि बोलेका थिएनन्। उनले कोरोना महामारी फेरि पनि फैलिएकाले त्यसबाट आफू जोगिन र आमनागरिकलाई जोगाउने अभियानमा परिचालित हुन पनि पार्टी पंक्तिलाई निर्देशन दिए।
आजको बैठकले नयाँ स्थायी कमिटी निर्माण गर्नुका साथै कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई पार्टीबाट हटाउने निर्णय पनि गरेको छ।
त्यस्तै मंगलबार स्पष्टीकरण सोधिएका २७ सांसदलाई कारबाही गर्ने जिम्मेवारी नवगठित स्थायी कमिटीलाई बैठकले अधिकार प्रत्यायोजन गरेको पनि बताइएको छ।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


