Kathmandu Press

एमालेले बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौं, वैशाख १० : एमालेले राष्ट्रिय सभामा रिक्त सदस्यको पदमा रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले...
एमालेले बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौं, वैशाख १० : एमालेले राष्ट्रिय सभामा रिक्त सदस्यको पदमा रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो। यसअघि उनी माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति आगामी जेठ ६ का लागि तोकिसकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो।

उनी आजकै बैठकबाट घोषित स्थायी कमिटीका सदस्यसमेत हुन्।

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्