Kathmandu Press

माओवादी केन्द्रले चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायाे

काठमाडौं, वैशाख १० : माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटाएको छ।माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा...
माओवादी केन्द्रले चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायाे

काठमाडौं, वैशाख १० : माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटाएको छ।

राष्ट्रिय सभा माओवादी केन्द्र संसदीय दलले शुक्रबार खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउन पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए।

माओवादी केन्द्रले यसअघि रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रिय सभा सदस्यबाट हटाइसकेको छ।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्