एमालेमा बादललाई चौथो वरीयता
काठमाडौं, वैशाख १० : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एमालेमा चौथो वरीयता प्राप्त गरेका छन्।माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका बादललाई प्रधानमन्त्री निवास...
काठमाडौं, वैशाख १० : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एमालेमा चौथो वरीयता प्राप्त गरेका छन्।
माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका बादललाई प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले घोषणा गरेको स्थायी कमिटी गठनमा उनको नाम चौथोृ स्थानमा राखिएको छ।
बादलअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, नेता वामदेव गौतम, महासचिव ईश्वर पोखरेल रहेका छन्। २०७५ साल जेठ २ उता माओवादी केन्द्रमा उनी तेस्रो वरीयतामा थिए।
माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका अन्य नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समेटिएको छ।
प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


