योगेश, झाँक्रीलगायत पाँचजनाले अझै बुझाएनन् स्पष्टीकरणको जवाफ
काठमाडौं, वैशाख १० : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका पाँच नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ...
काठमाडौं, वैशाख १० : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका पाँच नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ अझै दिएका छैनन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले यस्तो जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकार दिए। स्पष्टीकरणको जबाफ नदिने नेताहरूमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्ट रहेको उनको भनाइ छ।
पार्टी हितविपरीत कार्य गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले मंगलबार २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। सांसदद्वारा गणेश पहाडी र हीरा केसीले पनि नेपाल–खनाल समूह त्यागरे मूलधारमै रहने प्रतिबद्धता व्यक्त गरेको जानकारी ओलीले बैठकमा गराएको बताइएको छ।
प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


