नेपाल–खनाल समूहलाई बाइपास गरेर एमालेले बनायो स्थायी कमिटी, वामदेव पनि अटे
अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर गत फागुन २८ गते एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी भंग गरेर त्यसलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए। तर उनले आफ्नो अध्यक्ष पद र ईश्वर पोखरेलको महासचिव पद भने कायमै राखेका थिए।
काठमाडौं, वैशाख १० : एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको बैठकले नेपाल र खनाल पक्षलाई बाइपास गरेर स्थायी कमिटी घोषणा गरेको हो।
घोषित स्थायी कमिटीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेललाई राखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बाँकी सदस्य पछि थप्ने पनि निर्णय भएको जनाइएको छ।
अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर गत फागुन २८ गते एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी भंग गरेर त्यसलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए। तर उनले आफ्नो अध्यक्ष पद र ईश्वर पोखरेलको महासचिव पद भने कायमै राखेका थिए।

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)