Kathmandu Press

महाराष्ट्रको एक अस्पतालमा आगाे लाग्दा १३ जनाको मृत्यु

नयाँ दिल्ली, वैशाख १० : भारतको महाराष्ट्र राज्यको विरार क्षेत्रमा रहेको विजय वल्लप कोरोना अस्पतालमा शुक्रबार आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगाे इन्टेन्सिभ...
महाराष्ट्रको एक अस्पतालमा आगाे लाग्दा १३ जनाको मृत्यु

नयाँ दिल्ली, वैशाख १० : भारतको महाराष्ट्र राज्यको विरार क्षेत्रमा रहेको विजय वल्लप कोरोना अस्पतालमा शुक्रबार आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगाे इन्टेन्सिभ केयर युनिटमा लागेकाे थियाे।

आगो निभाएपछि चार घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। आगलागीको कारण खुलेको छैन। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा घटनालाई दुःखद भएको बताउँदै शोक व्यक्त गरेका छन्। हालसम्म कोरोना भाइरसको सक्रिय संक्रमित १ करोड ६२ लाख ६३ हजार ६ सय ९५ छ भने मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९ सय २८ पुगेको छ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ३६ लाख ४८ हजार १ सय ५९ रहेको छ।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्