Kathmandu Press

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटरमा जारी

काठमाडौं, वैशाख १० : एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरू भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ...
एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटरमा जारी

काठमाडौं, वैशाख १० : एमाले महाधिवेशन आयोजक कमिटी बैठक अहिले जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समूहले भने उपस्थिति जनाएको छैन ।

मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले नेपाल-खनाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए। ती सांसदहरूले स्पष्टीकरणको जवाफ पनि बुझाइसकेका छन्। उनीहरुले स्पष्टीकरणमा आफूहरूमाथि लागेको आरोपको खण्डन र प्रतिवाद गरेका छन् । त्यसबारे पनि आजको बैठकमा कुनै निर्णय हुन सक्ने अनुमान गरिएको छ।

बुधबार र बिहीबार मात्र अध्यक्ष ओली र नेता नेपालबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो। सो भेट उपलब्धिमूलक नरहेको प्रतिक्रिया नेता नेपालले दिइसकेका छन्।

बैठकमा नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकारका बारेमा पिन छलफल गर्ने कार्यसूची तय भएको जनाइएकाे छ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्