Kathmandu Press

नखुलेको आकाश खुलेर आयो (फोटो फिचर)

केही दिनदेखि भएको वर्षात्का कारण काठमाडौं उपत्यकाको मौसम खुलेर सफा बनेको छ। उपत्यकावासीले घर–घरबाट सेताम्य हिमाल र तुवाँलोरहित आकाशका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
नखुलेको आकाश खुलेर आयो (फोटो फिचर)

काठमाडौं, वैशाख १० : केही दिनदेखि भएको वर्षात्का कारण काठमाडौं उपत्यकाको मौसम खुलेर सफा बनेको छ। उपत्यकावासीले घर–घरबाट सेताम्य हिमाल र तुवाँलोरहित आकाशका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

बिहान साढे पाँच बजे जलस्रोतविद् दीपक ज्ञवालीले पाटनढोकाबाट सूर्योदयको मनोरम तस्बिर राख्दै संस्कृत भाषामा ट्विट गरे, ‘ऊँ भाष्कराय बिद्महे महातेजाय धिमही तन्नो रवि प्रचोदयात्।’

Hardik ivf

यस्तै, बिहान पौने सात बजे सामाजिक अभियन्ता कनकमणि दीक्षितले पाटनढोकाबाटै गणेश हिमाल र नवनिर्मित धरहरासहित पृष्ठभूमिमा हिमाल छ्यांग देखिएको तस्बिर पोस्ट गरे। त्यसरी नै सहर र हिमालका तस्बिर खिचेर सामाजिक सञ्जालमा तस्बिर राख्दै आनन्दित मनको भाषा पस्किने उपत्यकावासीको लहर नै छ, बिहानैदेखि।

यसरी आकाश खुल्नुको मुख्य कारण केही दिनयता भइरहेको वर्षात् नै। बिहीबार मात्र काठमाडौं उपत्यकामा ६.७ मिलिमिटर वर्षा भएको थियो।

मौसमविद् विभुती पोखरेलका अनुसार बिहीबारसम्म देशभर पश्चिमी वायुको प्रभावबाट वर्षा भएको थियो। शुक्रबार नयाँ वायु प्रणाली नेपालमा प्रवेश गरेको छ। यो पनि पश्चिमी वायु प्रणाली हो।

नयाँ वायु प्रणालीले शुक्रबार मुलुकको पश्चिमी भेगमा प्रभाव पार्ने मौसमविद् पोखरेलले जानकारी दिइन्। उनका अनुसार त्यसको प्रभाव काठमाडौं उपत्यकामा शनिबारदेखि मात्र सुरु हुने सम्भावना छ।

बिहीबारसम्म नेपालभर प्रभाव जमाएको पश्चिमी वायु प्रणाली सक्रिय प्रकृतिको थियो। शुक्रबार प्रवेश गरेको वायु प्रणाली भने निश्क्रिय प्रकृतिको रहने सम्भावना रहेको पोखरेलले बताइन्।

नयाँ वायु प्रणालीले ‘प्रि मनसुन’को गतिविधि देखिने सम्भावना छ। त्यो भनेको चट्याङसहितको हल्का वर्षा हो। ‘शुक्रबार भने काठमाडौंमा त्यस्तो सम्भावना अहिलेसम्म कमजोर देखिएको छ,’ पोखरेलले भनिन्, ‘अहिलेको मौसम प्रणाली अलि कमजोर प्रकृतिको हुने सम्भावना छ।’


प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्