Kathmandu Press

युक्रेनको सिमानाबाट सेना फिर्ता गर्दै रुस 

मस्को, वैशाख १० : रुसले युक्रेनको सिमानाबाट सेना फिर्ता लिने निर्णय गरेको छ। रुसले शुक्रबार युक्रेनको सिमानाबाट आफ्नो सेनालाई देशको स्थायी अड्डाहरूमा फिर्ता बोलाउने...
युक्रेनको सिमानाबाट सेना फिर्ता गर्दै रुस 

मस्को, वैशाख १० : रुसले युक्रेनको सिमानाबाट सेना फिर्ता लिने निर्णय गरेको छ। रुसले शुक्रबार युक्रेनको सिमानाबाट आफ्नो सेनालाई देशको स्थायी अड्डाहरूमा फिर्ता बोलाउने निर्णय गरेको हो ।

रुसले युक्रेनको सिमानामा दशौं हजार सौनिक तैनाथ गरेको थियो । युक्रेन र विश्वका अन्य मुलुकले रुसको यो कदमको आलोचना गर्दै आएको छ। 

रूसले सिमानामा तैनाथ गरेको सेना आफ्नो सिमाना रक्षा गर्ने कदम रहेको बताउँदै आएको छ। तर जर्मनी र अन्य पश्चिमी मुलुकको समर्थनमा रहेको युक्रेनले मस्कोलाई शत्रुता बढाउने प्रयास गरेको आरोप लगाएको छ । 

‘मलाई लाग्छ निरीक्षणका उद्देश्यहरू पूर्ण रूपमा प्राप्त भइसकेका छन्। सेनाले देशको लागि एक विश्वसनीय रक्षा प्रदान गर्न आफ्नो क्षमता प्रदर्शन गरेको छ,’ रूसी रक्षामन्त्री सर्गेई सोइगुले भने, ‘यस सन्दर्भमा मैले दक्षिणी र पश्चिमी सैन्य जिल्लाहरूमा निरीक्षण गर्ने निर्णय गरेको छु ।’ 

युक्रेनको सिमानानमा सन् २०१४ देखि रुसले आफ्नो सेना तैनाथ गरेको थियो। 

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्