तीन न्यायाधीशसहित १८ जनामा कोरोना पुष्टि भएपछि वीरगञ्ज उच्च अदालतको सेवा बन्द
काठमाडौं, वैशाख १० : उच्च अदालत वीरगञ्जले शुक्रबारसम्मका लागि अदालतवाट प्रवाह हुने सबै सेवा बन्द गरेको छ। तीन न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, वैशाख १० : उच्च अदालत वीरगञ्जले शुक्रबारसम्मका लागि अदालतवाट प्रवाह हुने सबै सेवा बन्द गरेको छ। तीन न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतले वैशाख १२ गतेसम्मका लागि अदालतबाट प्रवाह हुने सेवा बन्द गरेको हो ।
अदालतका न्यायाधीश र कर्मचारी गरी १२० जनाको पिसिआर परिक्षण गर्दा ८६ जनाको रिपोर्ट आएकोमध्ये १८ जनामा संक्रमण पुष्टि भएको अदालतले जानकारी दिएको छ ।
उच्च अदालतले अन्य कर्मचारी र न्यायाधीशको परिक्षण रिपोर्ट नआएसम्म अदालतबाट सेवा प्रवाह गर्न नसकिने सूचना जारी गर्दै सेवा बन्द गरेको स्रेस्तेदार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन्।
कट्टेलका अनुसार आइतबारसम्म सबैको परिक्षणको रिपोर्ट प्राप्त भएपछि अदालत खोल्ने बारे निर्णय गरिनेछ ।

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

