Kathmandu Press

म्यानमारका सेना प्रमुख आसियानको सम्मेलनमा सहभागी हुँदै

काठमाडौं, वैशाख १० : म्यानमारको सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन अङ लङले शनिबार इन्डोनेसियाको राजधानी जकार्तामा हुने आसियानको बैठकमा भाग लिने भएका छन्।...
म्यानमारका सेना प्रमुख आसियानको सम्मेलनमा सहभागी हुँदै

काठमाडौं, वैशाख १० : म्यानमारको सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन अङ लङले शनिबार इन्डोनेसियाको राजधानी जकार्तामा हुने आसियानको बैठकमा भाग लिने भएका छन्।  

म्यानमारमा सैनिक ‘कू’ पछि सैन्य सरकारका प्रमुख लङको यो पहिलो विदेश यात्रा हुनेछ। 

म्यानमारमा फेब्रुवरी १मा सैन्य सरकारले सत्ता कब्जा गरेपछि देखिएको संकटको विषयमा छलफल गर्न आसियान संगठनका सात दक्षिणपूर्व एसियाली नेताहरूले बैठकमा भाग लिने सम्भावना रहेको छ। 

आसियान सम्मेलन म्यानमारमा जारी संकटको समाधान खोज्नका लागि गरिएको पहिलो ठोस अन्तर्राष्ट्रिय प्रयास हो। फेब्रुवरी १ मा लागु गरिएको सैनिक ‘कू’ पछि म्यानमारमा हालसम्म सात सय ३९ को मृत्यु भएको छ। 

संयुक्त राष्ट्र संघका महासचिव एन्थोनियो गुटेरेसले आसियान नेताहरुलाई संकट रोक्न सहयोग गर्न आग्रह गरेका छन् । 

चिनियाँ विदेश मन्त्रालयले तनाव हटाउन र समस्या समाधान गर्नका लागि संयुक्त रूपमा प्रभावकारी दृष्टिकोणमा छलफल गर्न आसियान नेताहरूको विशेष बैठकलाई समर्थन जनाएको छ। 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्