Kathmandu Press

ओली समूहले बोलाएको बैठकमा नेपाल-खनाल समूह नजाने

अध्यक्ष केपी ओली समूहले बोलाएको सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल-खनाल समूह नजाने भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।
ओली समूहले बोलाएको बैठकमा नेपाल-खनाल समूह नजाने

काठमाडौं, वैशाख १० : अध्यक्ष केपी ओली समूहले बोलाएको सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल-खनाल समूह नजाने भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।

२ जेठ ०७५ को अवस्थामा पार्टीलाई नफर्काएसम्म महाधिवेशन आयोजक कमिटी नाम दिइएको बैठकमा जाने अवस्था नरहेको एमाले सचिव गोकर्ण बिष्टले बताए। आफू गृहजिल्ला गुल्मी जाँदै गरेकाले बैठकमा जाने-नजाने भन्नेबारे अरू साथीहरूसँग बुझ्न बिष्टले आग्रह गरे।

२३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग पार्टी हुने फैसला दिएयता ओली समूहले गरेका सबै निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने अडानमा नेपाल-खनाल समूह छ।

विधि र पद्धतिअनुसार पार्टी नचलेसम्म यस्ता बैठक बस्नुको औचित्य नहुने उक्त समूहको अडान रहँदै आएको छ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग दुई चरण वार्ता गरिसकेपछि पनि अध्यक्ष ओलीले पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काउन अस्वीकार गर्दै आएका छन्।
 

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्