Kathmandu Press

कोभिडको कारण अष्ट्रेलियाले भारतबाट हुने उडानहरू घटाउने

काठमाडौं, वैशाख १० : अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।बिहीबार...
कोभिडको कारण अष्ट्रेलियाले भारतबाट हुने उडानहरू घटाउने

काठमाडौं, वैशाख १० : अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो । भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नु पहिले ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।

बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं ।” उनले थपे, “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ ।” अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो । 

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्