Kathmandu Press

भारतमा चुनावी सभामा प्रतिबन्ध, दिल्लीका अस्पतालमा अक्सिजनको अभाव 

काठमाडौं, वैशाख १० : कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको छ।पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको...
भारतमा चुनावी सभामा प्रतिबन्ध, दिल्लीका अस्पतालमा अक्सिजनको अभाव 

काठमाडौं, वैशाख १० : कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको छ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो। भारतका राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछ।

Hardik ivf

निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ। देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ। 

अक्सिजनको अभाव, अस्पतालबाट पुकार

कोरोना महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन्। अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ।

अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका छन्। ९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन्। अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको विवरण आएका छन्। (बीबीसी) 

प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, वैशाख १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्