आजदेखि दुई हप्तासम्म पशुपतिनाथमा भक्तजनले पूजा गर्न नपाउने
काठमाडौं, वैशाख १० : पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन्।पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरसको संक्रमण...
काठमाडौं, वैशाख १० : पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन्।
पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरसको संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए।
उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए। सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको कोषले बताएको छ ।
प्रकाशित मिति: ०७:४१ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

