Kathmandu Press

भारतमा कोरोना महामारी : एकैदिन ३ लाख ३२ हजारमा संक्रमित, २ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १० : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको...
भारतमा कोरोना महामारी : एकैदिन ३ लाख ३२ हजारमा संक्रमित, २ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १० : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यो बृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ । यसअघि हिजो वैशाख ९ मा पनि भारतमा दोस्रो धेरै ३ लाख १५ हजार ८०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ रहेको छ । 

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्