राजस्थानलाई हराउँदै बैंग्लोर आइपीएल तालिकाको शीर्ष स्थानमा
काठमाडौं, वैशाख १० : इण्डियन प्रिमियर लिग (आइपीएल) टि-ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शानदार जित दर्ता गरेको छ। गएराति वाङ्खडे स्टेडियम मुम्बईमा भएको...
काठमाडौं, वैशाख १० : इण्डियन प्रिमियर लिग (आइपीएल) टि-ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शानदार जित दर्ता गरेको छ। गएराति वाङ्खडे स्टेडियम मुम्बईमा भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो।
जितका लागि राजस्थानले दिएको १ सय ७८ रनको चुनौती बैंग्लोरले १६ दशमलब ३ ओभरमा विना क्षति पूरा गर्यो । बैंग्लोरका देवदत्त पाडिक्कलले अविजित १ सय १ रनको योगदान गरे। ५२ बल खेलेका उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए। कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेकोे राजस्थानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । अहिलेसम्म खेलेका सबै चार खेलमा जित निकालेको बैंग्लोर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
एक खेल मात्रै जितेको राजस्थान भने तालिकाको पुच्छारमा छ। प्रतियोगिता अन्तर्गत आज बेलुकी पंजाव किंग्स र मुम्बइ इण्डियन्सबीच प्रतिष्पर्धा हुनेछ।











