Kathmandu Press

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच ‘डिनर’ सहित भेटवार्ता

विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । ओली र गौतमले सँगै डिनर समेत खाएका हुन् । भेटमा उनीहरुबीच एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच ‘डिनर’ सहित भेटवार्ता
तस्बिर : विशाल भट्टराईको फेसबुकबाट

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवासमा भेट वार्ता भएको छ ।

विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । ओली र गौतमले सँगै डिनर समेत खाएका हुन् । भेटमा उनीहरुबीच एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा सहभागी एमाले प्रमुख सचेतक बिशाल भट्टराईले गौतमको भनाइलाई उद्धृत गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’

उनले गौतमसँग संवाद सकारात्मक वा नकारात्मक जे भएपनि तस्बिर सार्बजनिक गर्छु है ? भनेर सोधेको समेत उल्लेख गरेका छन् । भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  

प्रकाशित मिति: ०६:३५ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्