चीनको ठम्याइ– विश्व व्यवस्थामा नयाँ शीतयुद्ध होइन, सामञ्जस्यता अत्यावश्यक
सन् १९९८ को आर्थिक मन्दीपछि एसियाली मुलुकहरूबीच एकीकृत आर्थिक पहलका लागि सन् २००१ मा बोआओ फोरम फर एसिया (बीएफए) स्थापना भयो । स्थापनाको...सन् १९९८ को आर्थिक मन्दीपछि एसियाली मुलुकहरूबीच एकीकृत आर्थिक पहलका लागि सन् २००१ मा बोआओ फोरम फर एसिया (बीएफए) स्थापना भयो । स्थापनाको दुई दशकपछि विश्व फेरि एक संकटबाट गुज्रिरहेको छ । र, भविष्यका सम्भावित चुनौतिसँग लड्न समानता र न्यायमा आधारित सहयोग बढी आवश्यक देखिएको छ ।
तर, उत्तरदायी र होसियारीपूर्ण ढंगले अगाडि बढ्नुपर्ने बेलामा अस्थिरता र अनिश्चितता बढ्दो छ । जब कि, यो समय विस्तृत परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तका आधारमा विश्व व्यवस्था अडिनुपर्छ । वास्तविक बहुपक्षीयतालाई सबैले समर्थन गर्नैपर्छ । विश्वव्यापी सुशासन अझ बढी निष्पक्ष र न्यायसंगत हुनुपर्छ । चीनको दक्षिणी प्रान्त हेनानमा आयोजित यस वर्षको बीएफए सम्मेलनबाट यो सन्देश स्पष्ट रूपमा प्रवाह भएको छ ।
आर्थिक भूमण्डलीकरणको प्रबद्र्धनका लागि चीनको ठोस कामलाई बीएफएले एक उदाहरणका रूपमा प्रस्तुत गरेको छ, जसले नवीकृत लचिलोपनमा जोड दिन्छ । खुला बजारमा आधारित विश्व अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने प्रतिबद्धतासहित चीन ‘पर्खाल’ खडा गर्ने वा एकअर्कालाई अलग गर्ने प्रयासविरुद्ध खडा छ । त्यस्ता प्रयास अर्थतन्त्र र खुला बजारको सिद्धान्तविपरीत छन्, जसले समाधान पहिल्याउनुको साटो हानी मात्र पुर्याउँछ ।
चीनले दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धि प्राप्त गर्न खुला, समावेशी, स्वच्छ र सुन्दर विश्वको खोजीमा ‘मानवताका लागि साझा भविष्य साझेदारी गर्ने समुदाय’ निर्माणको वकालत गर्छ ।
चीनसहित अन्य मुलुक यो विचारलाई प्रयोगमा ल्याउन सहकार्य गरिरहेका छन् । चीनले अझ उच्चस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई प्रबद्र्धन गरिरहेको छ । एक सय ३८ मुलुक र ३१ अन्तर्राष्ट्रिय संस्थाहरू यसमा आबद्धता भइसकेका छन् ।
कोभिड–१९ विरुद्धको लडाइँमा चीनले सबै मुलुकमा खोपको पहुँच पुर्याउने र विश्वव्यापी हितका रूपमा आफ्ना खोप उपलब्ध गराउने बाचा गरेको छ ।
जलवायु परिवर्तनसँग लड्न चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको उच्च उत्सर्जनलाई कम गर्न ठूलो परिश्रम गर्नेछ । र, सन् २०६० सम्ममा कार्बनलाई निश्क्रिय बनाउने उद्देश्य लिएको छ । यो काम अत्यन्तै चुनौतीपूर्ण छ तर चीन आफ्नो बाचा पूरा गर्न कटिबद्ध छ ।
यसमा धेरै व्याख्या आवश्यक छैन किनकि तथ्यले नै बोलिरहेका छन् । विश्वव्यापी समन्वय र सुशासन प्रबद्र्धनमा चीनले सदैव सक्रिय योगदान दिँदै आएकै छ । चीनले आफू जति नै शक्तिशाली भए पनि कहिल्यै नायकत्व, विस्तारवाद वा प्रभाव क्षेत्र खोज्दैन । चीनले शीतयुद्ध र एकल राजको मानसिकतालाई अस्वीकार गर्छ । अनि, नयाँ ‘शीतयुद्ध’को उदय र जुनसुकै रूपमा वैचारिक विरोधको सामना गर्छ ।
किनकि, चीन कुनै पनि राष्ट्रको प्रतिद्वन्द्वी होइन । यद्यपि, पश्चिमका केही राजनीतिज्ञले ताइवान, हङकङ र सिन्जियाङसँग सम्बन्धित मुद्दाहरूको नचाहिँदो ढंगबाट उपयोग गरिरहेका छन् । ती राष्ट्रले अरूको वरिपरि शासक बन्ने वा अरूको आन्तरिक मामिलामा मध्यस्थता गर्दा कसैलाई सहयोग पुग्दैन वा लाभ हुँदैन भन्ने हेक्का राख्नुपर्छ । चीन आफ्नो सिद्धान्तको रेखा स्पष्ट रहिआएको छ र कहिल्यै त्यो रेखा पार गर्न सक्दैन ।
यो चुनौतीहरूको युग हो तर आशाको युग पनि हो । बहुपक्षीयताको समर्थन, संवाद र समन्वय वृद्धिको आयतन अझ बलियो भएको छ । यही आवाज बीएफए बैठकमा पनि मुखरित भएको थियो ।
विश्वशान्ति र विकासको प्रवृत्तिमा आश्वस्त हुने कारण छन् । र, एसिया र त्यसपछिका धेरै मुलुक अन्तर्राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्दै विश्वव्यापी विकास र समृद्धिको प्रबद्र्धनमा सामेल हुने आशा गर्न सकिन्छ ।
(बोआओ फोरममाथि चिनियाँ समाचार संस्था सिन्हवाको टिप्पणी)