Kathmandu Press

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ। अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ।
प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन्। 

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ। अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे। 

उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।
 
प्रकाशित मिति: १४:५७ बजे, शनिबार, असार २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्