गृहमन्त्री थापाको स्थानमा जेठ ६ गते उपनिर्वाचन
गृहमन्त्री रामबहादुर थापा बादलको स्थानमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ।
काठमाडौं, वैशाख ९ : गृहमन्त्री रामबहादुर थापा बादलको स्थानमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ।
गृहमन्त्री थापा नेकपा (एमाले)मा प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले उनलाई सांसद पदबाट हटाएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सूचना प्रकाशित गरि उनको पद रिक्त भएको जनाएका थिए।
उनको स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हाे। राष्ट्रियमा पद रिक्त भएको ३५ दिनभित्र उनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ।
गृहमन्त्री थापा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनी एमाले प्रवेश गरेसँग राष्ट्रिय सभा सांसद पद रिक्त रहेको छ।
प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

