Kathmandu Press

समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्नू : पाटन उच्च अदालत

काठमाडौं, वैशाख ९ : उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश दिएको छ। मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बिहीबार...
समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्नू : पाटन उच्च अदालत

काठमाडौं, वैशाख ९ : उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश दिएको छ। मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बिहीबार समाचार छापेकै आधारमा कानुनविपरीत धरपड गर्ने कार्य नगर्न-नगराउनू भनी आदेश दिएकाे हो।

महानगरीय प्रहरी अपराध महाशाखालाई विपक्षी बनाउँदै विनोदकुमार राउतले रिट दायर गरेका थिए। 

केही दिनअघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरसहितको गोप्य पत्र भन्दै  एउटा समाचार प्रकाशन भएको थियो। सो समाचार छाप्ने सञ्चारमाध्यममा प्रहरी पुगेको थियो।  

‘समाचार प्रकाशन गर्ने संस्थासमेतबाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुनविपरीत हुनेगरी निवेदकलाई धरपकड गर्ने कार्य नगर्नू र नगराउनू भनि विपक्षी प्रहरी निकायका नाउँमा उच्च अदालतको नियमावली २०७३ को नियम ४२ (१) बमोजिम प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि अन्तिम आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।

हेर्नुहोस् आदेश

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्