Kathmandu Press

जसपा अध्यक्ष ठाकुरको स्पष्टोक्ति–  पार्टी विभाजन हुँदैन, ढुक्क रहनुस् 

जसपा अध्यक्ष ठाकुरको स्पष्टोक्ति–  पार्टी विभाजन हुँदैन, ढुक्क रहनुस् 

काठमाडौं, वैशाख ९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बिहीबार आफूनिकटका सांसदहरूको अनौपचारिक भेला गरेर समसामयिक विषयमा छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भएको छलफलमा पूर्वराष्ट्रिय जनता पार्टीका सांसदहरूको उपस्थिति थियो । बैठकमा उनले  पार्टीमा भइरहेका गतिविधिबारे ब्रिफिङ गर्ने क्रममा कुनै हालतमा पार्टी नफुट्ने बताएको बैठकमा सहभागी सहभागी एक सांसदले बताए।

अबको सत्ता सहकार्यका सन्दर्भमा जसपालाई निर्णायक मानिन्छ। तर सोही विषयले अहिले यो दलभित्र अहिले स्पष्ट दुई धार देखिएका छन्।

पूर्वसमाजवादी पार्टी अध्यक्षसमेत रहेका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परि‍षद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूह नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्वराजपाका अध्यक्षसमेत रहेका महन्थ ठाकुर र राजेन्द्र महतोको समूह भने प्रधानमन्त्री केपी ओलीतिर ढल्किएका छन्।

गण्डकी प्रदेशमा जसपासमेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका ४ नेता मन्त्री नियुक्त भएका छन्। यस विषयले जसपा फुटको सँघारमा उभिएको चर्चा चलिरहेकाे छ। 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्