बिहीबार थपिए २४ सय बढी कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं, वैशाख ९ : पछिल्लो २४ घण्टामा थप २४ सय २८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै उपत्यकामा मात्र १ हजार १४४ जनामा कोरोना संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ९ सय ८७, भक्तपुरमा ८१ र ललितपुरमा १ सय ६ जना संक्रमित रहेका छन् । गत २४ घण्टामा निको हुनेको संख्या २ सय ५२ रहेको छ ।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

