Kathmandu Press

सगरमाथा आधार शिविरमा ‘आपतकालीन कोठा’

काठमाडौं, वैशाख ९ : हिमालय उद्धार संघ नेपालले सगरमाथा आधार शिविरमा ‘आपतकालीन कोठा’ सञ्चालनमा ल्याएको छ।५ हजार ३ सय मिटरको उचाइमा रहेको सो कोठामा...
सगरमाथा आधार शिविरमा ‘आपतकालीन कोठा’

काठमाडौं, वैशाख ९ : हिमालय उद्धार संघ नेपालले सगरमाथा आधार शिविरमा ‘आपतकालीन कोठा’ सञ्चालनमा ल्याएको छ।

५ हजार ३ सय मिटरको उचाइमा रहेको सो कोठामा सगरमाथा आरोही र तिनका सहयोगीलाई हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको हाे। तर सो कोठा सञ्चालनमा ल्याइए पनि आपत्कालीन अवस्थामा सबै बिरामीको उपचार र उद्धार गरिने जनाइएको छ। 

Hardik ivf

आधार शिविरमा डा. प्रकाश खरेल, डा. सुरज श्रेष्ठ र डा. संगीता पौड्याल सेवाका लागि खटिएको संघले बताएकाे छ। कोरोना महामारीबीच पनि सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि  यस वर्ष उल्लेख्य संख्यामा आरोहीहरूले आरोहण अनुमति लिएका छन्। कोरोनाका कारण गत वर्ष कसैलाई पनि सगरमाथा आरोहण अनुमति नदिइए पनि यो वर्ष ३ सय ७७ ले आरोहणको अनुमति लिएकोे पर्यटन विभागले जनाएको छ।  

सन् २००३ मा मनाइएको सगरमाथा आरोहण स्वर्ण महोत्सवको आयोजना गरिएको थियो। सोही वर्षदेखि आधार शिविरमा इमर्जेन्सी कक्षमार्फत स्वास्थ्य सेवा दिइँदै आएको छ। उक्त क्लिनिकमा सामान्य चोटपटक लाग्ने, श्वासप्रश्वासको समस्या देखिने समीस्या भएका बिरामीहरू आउने गरेका छन्।
 

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्