ओली–नेपालद्वारा होटल मेरियटबाट नवनिर्मित धरहराको अवलोकन
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मेरियट होटेलबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्। ‘वान टु...
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मेरियट होटेलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।
‘वान टु वान’ वार्ताका लागि उनीहरू बुधबार मेरियट होटलमा भेला भएका थिए। सोही क्रममा प्रधानमन्त्री ओली र नेता नेपालले संयुक्त रूपमा धरहराको अवलोकन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन्।
थापाले ट्विटरमा तस्बिरसमेत राखेर लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटेलको भेटघाटकक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’
प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

