Kathmandu Press

ओली र नेपालबीच भेटवार्ता सुरु

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ। हिजो (बिहीबार)...
ओली र नेपालबीच भेटवार्ता सुरु

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ। हिजो (बिहीबार) साँझ पनि उनीहरूबीच नक्सालस्थित होटल मेरियटमा एक्लाएक्लै भेटवार्ता भएको थियो। 

हिजोको भेटमा नेता नेपालले २०७५ जेठ २ मा फर्किएर पार्टी गतिविधि अगाडि बढाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरे। हिजोको बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेकाले आज फेरि भेटवार्ता हुन लागेको बताइएको छ । 

केहीबेरअघि मात्र नेता नेपालले आफूनिकट सांसदहरूसँग छलफल गरेका थिए। सोही छलफलका क्रममा नेता नेपालले आज ओलीसँग भेट्न लागेको जानकारी दिएका थिए।
 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्