Kathmandu Press

पूर्ण खोप लगाएका सयौँमध्ये दुईजनामा मात्र ‘ब्रेकथ्रु’ संक्रमण

कोरोना भाइसरको ‘ब्रेकथ्रु’ संक्रमणसम्बन्धी अमेरिकामा गरिएको अध्ययनबाट पूर्ण खोप लगाएका सयौँमध्ये दुईजनामा मात्र त्यस्तो संक्रमण हुने खुलेको छ।
पूर्ण खोप लगाएका सयौँमध्ये दुईजनामा मात्र ‘ब्रेकथ्रु’ संक्रमण

वासिङ्टन, वैशाख ९ : कोरोना भाइसरको ‘ब्रेकथ्रु’ संक्रमणसम्बन्धी अमेरिकामा गरिएको अध्ययनबाट पूर्ण खोप लगाएका सयौँमध्ये दुईजनामा मात्र त्यस्तो संक्रमण हुने खुलेको छ।

‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा बुधबार प्रकाशित रिपोर्टअनुसार रक्फेलर युनिभर्सिटीका चार सय १७ कर्मचारीमध्ये दुईलाई ‘ब्रेकथ्रु’ संक्रमण पाइयो, जसलाई फाइजर वा मोडर्ना कम्पनीको खोप लगाइएको थियो।

‘हामीले खोपको प्रमाणित उदाहरणहरू क्लिनिकल लक्षणका रूपमा प्रष्ट देखाएका छौँ,’ शोधकर्ताले भनेका छन्, ‘यी निरीक्षणले कुनै पनि हिसाबले अमेरिकाकोे जनसंख्यालाई खोप लगाउन संघीय र राज्यस्तरमा भइरहेको महत्त्वपूर्ण प्रयासलाई कम आँक्न मिल्दैन। यसले कोरोनाका नयाँ भेरियन्टविरुद्ध सुरक्षा प्रदान गर्न नयाँ खोपले बुस्टरको रूपमा काम गर्छ।’

रक्फेलर युनिभर्सिटीका शोधकर्ताहरूले मूल भाइरसभन्दा धेरै भिन्नता भएका भेरियन्टहरूले ‘ब्रेकथ्रु’ संक्रमण निम्त्याएको पत्ता लगाएका छन्।

दुई संक्रमितमध्ये एक बिरामीमा ‘ई-४८४के’ म्युटेसन देखिएको थियो, जुन दक्षिण अफ्रिकामा पहिचान गरिएको ‘बी१.३५१’ भेरियन्टमा फेला परेको छ। ‘ई-४८४के’ म्युटेसनलाई ‘एस्केप म्युटेन्ट’ भनिएको छ।
 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्