Kathmandu Press

नेता नेपालसहित २७ सांसदले ओलीलाई बुझाए स्पष्टीकरणको जवाफ

काठमाडौं, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ बुझाएका छन्। नेता नेपालसहित २७ जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...
नेता नेपालसहित २७ सांसदले ओलीलाई बुझाए स्पष्टीकरणको जवाफ

काठमाडौं, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ बुझाएका छन्। नेता नेपालसहित २७ जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार दिएको सोही समूहका नेताहरूले बताएका छन्। 

एमाले संसदीय दलले पनि बुधबारदेखि जबाफ आउने क्रम सुरु भएको र बिहीबारसम्म जारी रहेको जानकारी दिएको छ। अध्यक्ष ओलीले मंगलबार नेपाल समूहका संघीय संसद्का २७ जनालाई स्पष्टीकरण सोधेका थिए। नेपाल समूहले पनि बैठक बसेर स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो। 

नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो। उनीहरूलाई पुनः स्पष्टीकरण सोधिएको हो। ती चारजनालाई तीन दिन र बाँकीलाई दुई दिनभित्र जवाफ दिन भनिएको थियो।

स्पष्टीकरण सोधिनेमा वरिष्ठ नेता भःलनाथ खानाल पनि छन्। अन्यमा योगेशकुमार भट्टराई, रामकुमारी झाँक्रीलगायत छन्।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्