Kathmandu Press

नुवाकोट एमाले पार्टी कार्यालयमा प्रहरी परिचालन

नुवाकोट, वैशाख ९ : एमाले नुवाकोट जिल्ला कमिटीले पार्टी कार्यालयमा बैठक राखेपछि तनावको स्थिति सिर्जना भएको छ।एमालेको आन्तरिक विवादका कारण प्रधानमन्त्री एवं पार्टी...
नुवाकोट एमाले पार्टी कार्यालयमा प्रहरी परिचालन

नुवाकोट, वैशाख ९ : एमाले नुवाकोट जिल्ला कमिटीले पार्टी कार्यालयमा बैठक राखेपछि तनावको स्थिति सिर्जना भएको छ।

एमालेको आन्तरिक विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समूहले पार्टी कार्यालयमा बैठक बस्न नदिने भन्दै ताला लगाएको थियो। तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध एमाले नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले ताला फोडेपछि पार्टी कार्यालयमै बैठक राखिएकाे थियो।

झडपको सम्भावना बढेकाले पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएकाे जनाइएकाे छ। प्रहरीले त्यहाँ  बैठक नबस्न दबाबसमेत दिएको बताइएकाे छ।

नुवाकोटमा एमाले जिल्ला कमिटी ६५ सदस्यीय छ। जसमा ४५ जना माधव नेपाल पक्षधर छन्। त्यहाँ बद्री मैनालीको नेतृत्वमा ओली समूहको छुट्टै कमिटी गठन गरेको छ। उनी २०७५ जेठ २ अघि जिल्ला कमिटीको उपाध्यक्ष थिए।

बैठकमा सहभागीहरूले आवश्यक परे प्रतिकारमा उत्रने तर बैठकस्थल नछाड्ने बताएका थिए। तर प्रहरीले नेताहरूलाई पार्टी कार्यालय छाड्न विशेष आग्रह गरेपछि बैठक हतारहतार टुंग्याएर  सहभागीहरू बाहिरिएका छन्।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्